नाटक लेखन आफैमा गाह्रो काम हो । करीव दुई बर्ष पहिले लेख्न सुरु गरेको यो नाटक बल्लतल्ल बिट मारेर मञ्चमा यहा“हरूलाई पस्कने कोसिस गरेको छु । यो नाटक लेख्न थालेपछि मैले धेरै घटनाहरू देखेको भोगेको छु । समाजकै कथालाई टपक्क टिपेको भए पनि लेखनका क्रममा नाटकका पात्र, परिवेश कयौ“ पटक फेरिएका छन्, बदलिएका छन् । नेपाली रंगमञ्चको दर्शक ह“ुदै, कलाकार ह“ुदै यहा“सम्म पुगेको रंगकर्मको मेरो यो यात्रामा मैले देखेको भोगेको समाजकै एउटा सामान्य कथालाई टिपेर नाटक बनाउने झिनो प्रयास मात्र गरेको हू“ । एउटै ब्यक्तिले नाटक लेख्नु, निर्देशन गर्नु र सोही नाटकमा अभिनय गर्नु साह्रै झन्झटिलो र कठीन काम हो । कलाकार साथीहरूको कार्यव्यस्तताले गर्दा नाटकको एउटा पात्रको अभिनय मैले पनि गर्नुपर्ने स्थिति सिर्जना भएको छ । यसैले नाटकलाई कतै न्याय गर्न सक्दिन कि भन्ने डर कता कता भने लागेकै छ ।
नेपाली रंगमञ्चमा व्यतित गरेको आजकोे समयसम्म आइपुग्दा मैले अझै सिक्न बा“की धेरै कुरा रहेको महसुस गरेको छु । मेरा अग्रजहरूले देखाएको मार्गदर्शनलाई स“धै आत्मसात गर्ने प्रयास गरेको छु । मैले रंगमञ्चमा गर्न खोजेको यो प्रयासमा कति सम्म सफल हुन्छु त्यो निर्णय गर्ने जिम्मा तपाइर्“हरूलाई भो ।
नाटक लेखन तथा निर्देशनमा प्रेरणा दिनु हुने आदरणीय गुरु अशेष मल्ल, नाटक लेखनदेखि मञ्चनसम्म साथ दिनु हुने सर्वनामका साथीहरू श्याम खड्का, कौशल पण्डित, साधना भण्डारी, स्वीकार शाहन्, नवीन गुरुङ्ग लगायत नाटकका सम्पूर्ण कलाकार र नेपथ्यमा सहयोग गर्नु हुने सम्पूर्ण साथीहरूमा मनैदेखि आभार प्रकट गर्न चाहन्छु । नाटक हेरिसकेपछि गाली गर्न नभुल्नु होला !!
तपाईको गाली मेरा लागि मार्गदर्शन बन्ने छ ।
No comments:
Post a Comment